२०१९ रोल्याण्ड गार्रोस मेन्स सिंगल्स फाइनल सम्पन्न भएको छ । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग सहकार्य गरिएको टूर्नामेन्ट, मेन्स सिंगल प्रतिस्पर्धा अन्तर्गत डोमिनिक थिम माथी रफायल नडालको बिजयसंगै आधिकारिक रुपमा समापन भएको छ ।
विजयसंगै रफायल नडालले मस्केटर्स ट्रफी हात पारेका छन् । प्रतिस्पर्धाको अन्त्यसंगै आपोले सबै प्रतिस्पर्धीलाई हार्दिक प्रशंसाका साथै बधाई ज्ञापन गरेको छ ।
नोवाक जोकोविचको लगातार दशैाँ पटक रेकर्ड–ब्रेकिङ रुपमा टप ८मा सिमित रोल्याण्ड गार्रोस, सेमिफाइनलमा रफायल नडाल र रोजर फेडेररको ३९औँ शोडाउन, एरिनामा नयाँ अनुहारका साथै पहिलो पटक सन् २००० पछि जन्मेकी अमान्डा एनिसिमोभाको ग्राण्ड स्ल्याममा टप ८ सम्मको यात्रा लगायत घटना यसपटक चर्चाको विषय रहे ।
नयाँ खेलाडीहरुका साथै नयाँ आइकनका रुपमा ओपोपनि यस पटक चर्चाको विषयका रुपमा रह्यो । रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनर तथा स्मार्टफोन क्षेत्रकै एकल ग्लोबल पार्टनरका रुपमा ओपो लामो समयदेखिका पार्टनर रोलेक्स र ईमिरेट्सको साथमा देखिएको थियो ।
ओपोले खेलाडीका साथै उपभोक्तालाई समेत प्रतिस्पर्धा तथा दैनिकी दुबैमा सफलता हात पार्न प्रेरित गर्ने सोचका साथ ‘एस द शट’ नामको क्रिएटिभ क्याम्पेनपनि सार्वजनिक गरेको थियो ।
साथै, ओपोले रोल्याण्ड गार्रोसका दौरान रोमाञ्चक पल कैद गर्न उक्साउँदै उपभोक्तालाई रेनो टेनएक्स हाइब्रिड जुम फञ्सनको उत्कृष्टता अनुभव गर्ने अवसरपनि प्रदान गरेको थियो ।