पब्जी मोबाइलले हालै आफ्नो नयाँ अपडेट सार्वजनिक गरेको छ।
यो नयाँ अपडेटसँग खेलमा भएका धेरै नयाँ फिचर्स जोडिएका छन्। पब्जीले नयाँ ‘डेथ म्याच मोड’ र ‘गोडजिल्ला थिम’ रिलिज गरेको छ।
यो पब्जी एप एन्ड्रोइड र आइओएस फोन गरि ४०० मिलियन बढी 'डाउनलोड'भइसकेको छ। यो रेकर्ड सबै 'डाउनलोड' फिचर्सको भन्दा बढी हो।
विश्वभरि पब्जीका १०० मिलियन बढी सक्रिय प्रयोगकर्ता छन्। 'एफटी'को रिपोर्ट अनुसार पब्जीले अघिल्लो महिना १४६ मिलियन डलर ‘रिभ्यू’ कमाएको थियो। यो हप्ता सार्वजनिक भएको एक ‘एनालिस्ट रिपोर्ट’का अनुसार पब्जी मोबाइल विश्वको सबै भन्दा बढी नाफा कमाउने एप बनेको छ।
सबै भन्दा बढी नाफा कनाउने एपको सूचीमा रहेका ‘प्ले स्टोर’ र ‘एपस्टोर’लाई पनि पछि छोड्दै यो एप पहिलो बनेको छ।
‘प्लेस्टोर’ र ‘एप स्टोर‘को रिभ्यू’ ७६ मिलियन डलर रहेको छ।
पछिल्लो समय नेपालमा पनि यो मोबाइल गेमको क्रेज निकै बढी देखियो। यो गेमले बालबालिकाको मानसिक स्वास्थ्यमा नराम्रो असर परेको उजुरी आएको भन्दै नेपालमा यो गेम खेल्न बन्द गरिएको छ।