ओपो रेनो १० एक्स हाइब्रिड जुम क्यामरासहितको स्मार्टफोन विश्व बजारमा उपलब्ध भइसकेको छ। नेपाली बजारमा आउने तरखरमा रहेको यो फोन अहिले क्यामेराकै कारण चर्चित रहेको छ।
दक्षिण एसिया लगायत विश्वका अन्य भागमा रेनो सिरिज सार्वजनिक संगै ब्राण्डले उद्योगमै पहिलोको सूचीमा पुन: थप एक पाइला थप गर्न सफल भएको कम्पनीले बताएको छ। ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अद्भुत भएको कम्पनीको दावी छ।
ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ । नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।