साइबर सेक्युरिटीमाथि प्रश्न उठाउँदै चिनियाँ टेलिकम्युनिकेशन जायन्ट हुवावेमाथि सयुक्त राज्य अमेरिकाले प्ततिबन्ध लगाएको छ। यही बेला हुवावेका उच्च अधिकारीहरुले भने साइबर सेक्युरिटी र डिजिटल विश्व नै पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्।
हुवावेका कार्यकारी निर्देशक रियान डिङले साइबर सेक्युरिटी नै हुवावेको पहिलो प्रामिकता भएको बताएका छन्।
हुवावेको ११ औं युसर बैठकलाई सम्बोधन गर्दै उनले हुवावेले फाइभजीका बारेमा संसारभर शुरुदेखि अन्त्यसम्मका सबै समाधान उपलब्ध गराउने जानकारी दिए। फाइभजीलाई विश्वमा वास्तविकतामा परिणत गर्नका लागि सस्तो र सुलभ सेवा दिन हुवावे सदैव तयार भएको उनको भानइ थियो।
'साइबर सेक्युरिटी र व्यक्तिगत गोपिनियताको रक्षा हाम्रो मुख्य प्राथमिकता हो हामी हाम्रा सुरक्षित उपकरण र सेवाबाट फाइभ जीका क्यारियरहरुलाई आश्वस्त पार्न चाहन्छौ ' उनले भने।
उनले हुवावेको लक्ष्य प्रत्येक व्यक्तीलाई डिजिटल बनाउने, घरदेखि संस्थासम्म पूरै इन्टरनेट आर्टिफिसियल इन्टेलिजेन्टबाट जोड्ने भएको र यसैका लागि काम गरिरहेको उनको भनाइ छ।