परम्परागत प्रविधिलाई चुनौति दिँदै ‘वान प्लस’ले आफ्नो नविनतम संस्करण ‘वान प्लस ७प्रो’ नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीका अनुसार ‘वानप्लस ७प्रो’मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अपग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् । यो फोन छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफलभएको छ।
वानप्लसले ग्राहकलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनै पनि ‘वानप्लस ७प्रो ’को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदानगर्ने भएको कम्पनीको भनाइ छ।
साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत रहेको छ।यो सबै सेवा पाउँनका लागि भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वान फोन देशभर उपलब्ध रहेको छ ।