माइक्रोसफ्टका संस्थापक बिल गेट्स एन्ड्रोइड गुगलाई किन्न दिएकोमा गल्ती गरेको बताएका छन् । एक सार्वजनिक कार्यक्रममा उनले एन्ड्रोइड नकिनेकोमा गल्ति गरेको महसुस भएको बताएका थिए ।
‘गैर एप्पल फोन प्लेटफर्म लन्च नगर्नु र त्यो मौका गुगलाई दिनु आफ्नो सबैभन्दा ठुलो गल्ती भयो,’ उनले भने ।
सन् २००५ को मे मा गुगलले एन्ड्रोइड ५ करोडमा किनेको थियो । त्यसले पछिल्लो समय विश्व बजारमा तहल्का मच्चाएको छ । माइक्रोसफ्टले त्यो बेलामा एन्ड्रोइड किन्नु उसको लागि निकै सामान्य कुरा थियो । आफुले त्यति सामान्य निर्णय पनि नलिएर गल्ति गरेको गेट्सले स्वीकार गरेका हुन् ।
त्यसो त माइक्रोसफ्ट अहिले पनि विश्वका ठुला कम्पनीको सुचीमा छ ।
एन्ड्रोइड अहिले विश्वको सबैभन्दा राम्रो स्मार्टफोन अपरेटिङ सिस्टम हो। त्यसपछि दोस्रो नम्बरमा एप्पलको आइओएस पर्छ । तर माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम उनीहरु जस्तो व्यापक छैन । पछिल्लो समय बनेका मोबाइल एपहरु समेत एन्ड्रोइड र आइओएसलाईमा केन्द्रित भएर बनेका छन् यसले गर्दा पनि माइक्रोसफ्टको लोकप्रियता घटेको छ ।