२०७४ चैत ७ गते काठमाडौंको एक कार्यक्रममा रोबोटको सम्बोधन हेर्नेको ठूलो भीड थियो। विश्वकै पहिलो नागरिकता पाएको सोफिया सेलिब्रेटी रोबोट नै थिइन्। उनलाई सन् २०१८ मा साउदी अरबले महिलाको रूपमा नागरिकता दिएको थियो।
राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले त्यतिबेला नेपाल ल्याएको सोफियालाई हेर्दा प्रविधिको छलाङ अनुमान गर्न गाह्रो हुँदैनथ्यो । धेरैलाई यस्तै रोबोटले गर्दा आफूहरुको रोजगारीमा निकट भविष्यमा समस्या पर्छ भन्ने अनुमान थिएन ।
केही दिन अगाडि मात्रै अक्सफोर्ड इकोनोमिक्सले रोबोटकै कारणले सन् २०३० सम्ममा २ करोड मानिसको रोजगारी गुम्न सक्ने रिपोर्ट सार्वजनिक गरेको छ ।
अध्यायनपछिको उक्त रिपोर्टमा प्रत्येक एक रोबोर्टले औषत १.६ जनालाई विस्तापन गर्ने बताएको छ । यसको असर कम आय भएका क्षेत्रमा झनै बढी पर्ने दाबी गरेको छ ।
'कम आय भएका क्षेत्रमा एउटा रोबोटले २.२ र उच्च आय भएका देशमा १.३ जनालाई विस्तापन गर्नेछ'उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
बढ्दै गएको प्रविधिले विकसित र ठूलो अर्थतन्त्र भएको देशमा भन्दा कम आय र कमजोर अर्थतन्त्र भएका अहिलेनै उच्च बेरोजगारी भएको क्षेत्रमा अझै बढी रोजगारी गुम्ने रिपोर्टमा बताइएको छ । यस्तो क्षेत्रमा उच्च आएको क्षेत्रमा भन्दा दुई गुणा सम्म रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । आर्थिक असमानता तथा राजनीतिक ध्रुविकरणका लागि रोबोटले सहयोग गर्ने छ जुन अहिले नै बढ्दैछ । नीति निमार्ताको लागि पनि यसले अहिलेनै खतराको सूचना दिएको छ ।
'स्वाचालित यन्त्रले रोजगारीमा हुने खतराको विषयमा अहिलेनै केही विकल्प खोज्नुपर्छ' अध्ययन निष्कर्षमा भनिएको छ।
रिपोर्टमा एउटा रोचक पक्षको पनि कुरा, यसले त्यतिनै मात्रामा रोजगारी दिन पनि सक्छ जति यसले खाएको छ । अध्ययनका अनुसार रोबोटका कारणले उत्पादन क्षेत्रबाट बाहिरिने कामदाहरुले अन्य पाँच क्षेत्रमा रोजगारीको अवसर पाउने छन्।
उनीहरुले स्वास्थ्य, खुद्रा व्यापार, हस्पीटालिटि, यातायात,निमार्ण र कृषिमा काम पाउने अध्यायनले देखाएको हो । रोबोटको बढ्दो प्रयोग र विकासले विश्वकै उत्पादकत्व र आर्थिक वृद्धिमा पनि अल्पकालिन र दीर्घकालिन सहयोग गर्ने छ ।
रिपोर्टका अनुसार सन् २०३० सम्ममा ३० प्रतिशत सम्म रोबोर्टको संख्या बढ्ने र यसले ५.३ प्रतिशत सम्मा जिडिपी बढाउने उल्लेख गरिएको छ । विश्व अर्थतन्त्रमा आजको मुल्यमा सन् २०३० सम्ममा ४.९ ट्रिलियन अमेरिकी डलर रोबोटकै कारण थप हुने छ ।
अहिलेसम्म १७ लाख रोजगारी खोसियो
२००० यता रोबोटकै कारण १७ लाख जनाको रोजगारी खोसिएको रिपोर्टमा उल्लेख गरिएको छ । यसरी रोजगारी गुमाउनेमा सबैभन्दा बढी चिनियाँ छन् । २००० यता चीनमा ५ लाख ५० हजारले रोजगारी गुमाए । युरोपमा ४ लाख, अमेरिकामा २ लाख ६० हजार , दक्षिण कोरियामा ३ लाख ४० हजार र अन्य देशमा १ लाखलाई रोबोटले बेरोजगार बनाएको छ ।
सन् २०३० सम्म चीनमा सबैभन्दा बढी स्वाचालित यन्त्रको उत्पादन हुनेछ । करिब १ करोड ४० लाख औद्योगिक रोबर्ट हुने रिपोर्टको दाबी छ ।
पछिल्लो समय हिब्रु विश्वविद्यालय जेरुसेलमका प्राध्यापक युभल नोहा हरारीले पनि विभिन्न सार्वजनिक कार्यक्रम तथा पुस्तकहरुमा भविष्यमा रोबोर्टकै कारणले मानिसमा पर्ने असरको विषयमा लेख्दै बोल्दै आएका छन् ।
उनले मानव जातिलाई इतिहासकै चुनौतिपूर्ण स्थानमा पुर्याएको बताएका छन् । अवको यूग आर्टिफिसियल इन्टेलिजेन्सको रहेको बताउँने हरारीले यसले यसले निकट भाविष्यमा मानिस माथि नै हावि हुन सक्ने बताउँछन् ।