चिनियाँ स्मार्टफोन निर्माता ओपोले नयाँ प्रविधि र शैलीको स्मार्टफोन प्रदर्शन गरेको छ। एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमतासहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको हो।
नयाँ पुस्ताका स्मार्टफोन फर्म फ्याक्टरमा ओपोले नयाँ आविष्कार भएको बताएको छ। फ्रन्ट क्यामेरा र स्क्रिन एकिकृत गरी यूएससीले प्रयोगकर्तालाई पूर्ण फूल स्क्रिनको अनुभवका साथै एकिकृत बडीको मज्जा लिनसकिने उसको दाबी छ।
यो प्रविधिले प्रयोगकर्तालाई पूरै स्क्रिन हेर्न तथा खिच्न, तस्विर कैद गर्न, फेस अन्लक गर्नुका साथै भिडियो कल सुविधा पनि दिने छ।
“ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रबर्तनका लागि सदैव प्रतिबद्ध छ ” ओपोका उत्पादन ब्यवस्थापक काउ जियाडङलाई उदृत गर्दै प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।