पछिल्लो समय चिनियाँ मोबाइल निर्माता कम्पनी हुवावेकोको चर्चाले विश्व बजारनै तताएको छ । यही विवादले गर्दा चीन र क्यानडा बीचको सम्बन्ध विग्रीन लागेको समाचार पनि बाहिर आएका थिए । यसले राजनीतिक रंग लिन थालेपछि त्यसो नगर्न चेतावनी दिएको छ । हुवावेले बिहिबार ह्वाइट पेपर सार्वजनिक गर्दै बैद्धिक सम्पत्तिको विषयमा आफ्नो धाराण प्रष्ट पारेको छ ।
ह्वाइट पेपर सार्वजनिक गर्दै हुवावेका कानुनी अफिसर सङ ल्युपिङले वौद्धिक सम्पत्ति भन्ने आवष्कारको विषय भए पनि अहिले राजनीतिककरण गरिएको बताए।
‘यदि राजनीतिकर्मीले वैद्धिक सम्पत्तिलाई राजनीतिक विषयमा मिलाउछन् भने त्यसले प्याटेन्टको सुरक्षा संयन्त्रलाईनै ध्वस्त पार्नेछ,’ उनले भने, ‘यसले विश्वकै आविस्कारको जग ध्वस्त गर्ने छ ’ उनले भने,‘बौद्धिक सम्पत्तिको सुरक्षा र सम्मानः आविष्कारको जग’ नाम दिइएको उक्त ह्वाइट पेपरमा हुवावेले विश्वमा आविस्कारमा गरेको आफ्नो योगदानको विषयमा पनि चर्चा गरिएको छ ।
आविष्कार र बौद्धिक सम्पत्तिको सुरक्षा आफ्नो मुल विषयमा भएको भन्दै यो नै आफ्नो ३० वर्षे यात्रा सफल हुनुको कारण रहेको सङले दाबी गरे । सन् २०१८ को अन्तमा हुवावेले ८७ हजार ८ सय ५ नयाँ पेटेन्ट दिएको छ, जसमा ११ हजार १ सय ५२ वटा अमेरिकी कम्पनी छन् । हुवावेले सन् २०१५ सम्ममा १.४ विलियन अमेरिकी डलर लाइसेन्स बेचेरै कमाएको दाबी गरेको छ ।
उसले ६ विलियन अमेरिकी डलर भन्दा बढी रकम रोयल्टी र बौद्धिक सम्पतीको रुपमा अरु कम्पनीलाई दिएको बताएको छ । यसरी दिनेमा ८० प्रतिशत अमेरिकन कम्पनी भएको कागजातले देखिएको सङले बताए ।
सङले ३० वर्षको यात्रामा अहिलेसम्म बौद्धिक चोरिको आरोपमा कुनै पनि कोर्टले पुष्टि नगरेको पनि प्रस्ट पारे ।
हुवावेले ‘निष्पक्ष, जिम्मेबार र अविभेदकारी’ नीति लिएको सङले बताए ।
‘हुवावे सँधैभरि विश्वभरिनै आफ्नो प्रविधिको बाढ्न चाहेको भन्दै आफुले अमेरिकन कम्पनी र अमेरिकन उपभोक्तालाई पनि आफ्नो ५ जी सेवा बाढ्न चाहान्छ, ’ सङले भने, ‘हामीले सबै मानव जातिको लागि अग्रगामि प्रविधि र नविन प्रविधि विस्तार गर्न चाहान्छौ ।’