अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ कारोबार प्रति अझै विश्वास नभएको बताएका छन्। धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी दुई दिने कार्यक्रम उद्घाटन गर्दै खतिवडाले आफु पनि पछिल्लो प्रविधिमा आधारित वित्तीय कारोबारका विश्वस्त नभएको बताएका हुन्।
‘मैले २५ वर्ष केन्द्रीय बैंकमा रहेका काम गरे, तर अहिलेसम्म पनि मलाई आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोग गर्न झन्झट लाग्छ,’ मन्त्री खतिवडाले भने, ‘के यो सुरक्षीत छ, मेरो सबै जानकारी त्यसमा राख्दा के त्यो हुन्छ?’
उनले आफूलाई प्रविधिको प्रयोग गरेर कारोबार गर्न अहिले पनि सहज नलाग्ने बताए ।
त्यसैले प्रविधिमैत्री वित्तीय साक्षरता बढाउँदै भविष्यमा यसको विस्तार गर्नुपर्ने अर्थमन्त्रीको धारणा थियो ।
‘नेपालमा महिला घरमा बसेर पुरुषहरु विदेशमा छन्,’ खतिवडाले भने, ‘विदेशबाट पठाएको रेमिट्यान्स परिचालन गर्नको लागि वित्तिय साक्षरतामा महिलालाई पनि सहभागि गर्नुपर्छ ।’
अर्थमन्त्री खतिवडाले सर्वसाधारणको उच्च वित्तिय क्षेत्रमा उच्च सहभागिताले मात्रै वित्तिय साक्षरता बढाउने बताए । उनले सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि आर्थिक साक्षरता आवस्यक भएको बताए ।
युवा बेलामा धेरै जोखिम उठाउन सक्ने हुनाले, उनीहरुलाई अझै बढी वित्तिय साक्षरता आवस्यक रहेको तर्क गरे ।
उनले वित्तिय साक्षरता र सहभागिता बढाउन तथा उपभोक्तको सुरक्षाको लागि भएपनि आवस्यक रहेको बताए । अहिले वित्तीय साक्षरता विश्वकै चर्चाको विषय भएकोले केन्द्रीय बैंक तथा सरकारले पनि यस्ता कार्यक्रमलाई विशेष महत्व दिएर अर्थमन्त्री खतिवडाले प्रस्ट पारे ।
स्रोतको उच्चतम उपयोग तथा उत्कृष्ट वित्तीय योजना बनाउन पनि साक्षरता चाहिने बताउँदै मन्त्री खतिवडाले सर्वासाधारणलाई मुद्राको ज्ञान तथा यसको परिचालन गरेर जीवनस्तर वृद्धिको लागि पनि यसको महत्व रहेको दाबी गरे ।
नेपाल राष्ट्र बैंकले पनि बेला बेलामा वित्तिय साक्षरताको कार्यक्रम संचालन गर्ने गरेको प्रसंग उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले साक्षरतामा सहयोग गर्ने बताए ।
वित्तीय पहुँचको बढ्दै जाँदा साक्षरता झनै आवस्यक पर्ने उनले बताए । अहिले सम्म ७५३ स्थानिय तह मध्ये ७३० स्थानिय तहमा वित्तीय पहुँच पुगेको अर्थमन्त्री जानकारी गराए ।