एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवा शुरु गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उसले यो सेवा शुरु गरेको हो।
एनसेलले आफ्नो यो सेवा मार्फत् व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पुर्वाधार प्रदान गर्ने विश्वास लिएको छ। ग्राहकहरुले एनसेलको नेटवर्कबाट लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ। यस अन्तर्गत ईन्टरप्राईज ग्राहकहरुले एनसेलका पछिल्ला र नयाँ सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् ।
फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना ईन्टरप्राईज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको जानकारी दिएको छ। यसमा ईन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)÷भर्चुअल प्राईभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरु उपलब्ध छन् ।
आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आइओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भिटिएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउछ । यो सेवाले सवारीचालहरुको सवारी चलाउदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।
यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।
यस पश्चात एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे ।
“हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छौ। हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छौ” उनले भने,“एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायहरुका निमित्त नविन ईन्टरप्राइज सेवाहरु ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरुलाई उहाँहरुको सम्भावनाले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ । यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहगोग गर्दछ । त्यसका लागि चहिने पुर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम शुरु गरेका छौं । ”