चालु वर्षको पछिल्लो दुई महिनामा तुलनात्मक रुपमा मोबाइल आयात बढेको छ। साउनदेखि चैतसम्म निरन्तर घटीरहेको मोबाइल बैशाख र जेठमा सुधार भएको छ।
जेठ १५ मा आएको बजेटले मोबाइल आयातमा लाग्दै आएको अन्तशुल्क घटाएको थियो। सरकारले करको सीमा घटाइदिएपछि त्यसको प्रभाव मोबाइल आयातमा पर्न थालेको छ।
भन्सार विभागका अनुसार यो वर्षको चैतसम्म अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले घटेको आयात जेठ मसान्तसम्म घट्नेदर खुम्चिकएको छ।
चैतसम्म १५ अर्ब रुपैयाँ मूल्यका ३२ लाख १२ हजार ४ सय २७ मोबाइल सेट आएका थिए। तर पछिल्लो २ महिनामा ७ लाख सेट मोबाइल भित्रिएका छन्।
अघिल्ला नौ महिनाको तुलनामा पछिल्लो समय मोबाइल आयात बढेको हो।
सो तथ्याङ्कलाई हेर्दा गत आव साउन देखि जेठसम्म मोबाइल भित्रिएको तुलनामा चालू आवको सो अवधिमा ३१ प्रतिशतले मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ।
गत वर्षको तूलनामा मोबाइल आयात घटेपनि चालू आवको दुई महिनामा भने मोबाइलको आयात बढेको विभागको तथ्याङ्कले देखाएको छ।
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ।
यस्ता उपहारका रूपमा आउने मोबाइलको तथ्याङ्क भन्सार विभाग सँग छैन।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने भन्सार विभागको तथ्याङ्क छ।