ओप्पोले ‘एफ११ सिरिज अन्तर्गतको ‘एफ११’ फोन नयाँ रंगमाउ पलब्ध गराउने भएको छ।
चाँडै नै ‘एफ११’लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको ओप्पोले बताएको छ। ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन्।
सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइउने कम्पनीको विस्वास छ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले सार्वजनिकको तयारीमा रहेको नयाँएफ ११ को ज्वेलरी ह्वाइट अप्सनले थप उपभोक्ताका मागको सम्बोधन गर्ने भनाइ राखे।
कम्पनीका अनुसार नयाँ रंगको एफ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेतामार्फत मध्य जुलाईदेखि सर्वत्र उपलब्ध हुनेछ ।