चिनियाँ स्मार्टफोन कम्पनी साओमीको सब ब्रान्ड रेडमी नोट ७ नेपाली बजारमा प्रवेश गरेको छ। सबै नयाँ फिचर्ससहित उपभोक्तालाई नयाँ अनुभव दिनेगरी ल्याइएको कम्पनीले जानकारी दिएको छ।
फोनको अघि पछिको भागमा कोरिल्ला ग्लास.५ छ। त्यस्तै ६.३ इन्च(२३४०x१०८० पिक्सेल) डटनोट डिस्प्ले भएको फोनमा औरा डिजाइन रहेको छ। यसले गर्दा अघिल्ला सिरिजका फोनका तुलनामा बिल्कुलै नयाँ अभुनव दिने कम्पनीको दाबी छ।
क्वालकम स्न्यापड्रागन ६७५ चीपसेट प्रयोग गरिएको फोनमा सोनीको ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ। मोबाइल प्रयोगकर्ताले फोटो खिच्दा लाइभ पोट्रेट, लाइभ स्टुडियो पोट्रेटजस्ता सुविधा पनि पाउने छन्।
४ जीबी र्याम भएको रेडमी नोट ७ प्रो ६४ र १२८ जिबी मेमोरी भेरियन्टमा उपलब्ध हुने छन्। मेमोरीअनुसार मोबाइलको मूल्य फरक हुने कम्पनीले जानकारी दिएको छ। ६४ जीबीको २४ हजार ९९९ र १२८ जीबीको लाई २९ हजार ९९९ रुपैयाँ पर्ने छ।
स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा पाइने यी फोनहरु असार १५ देखि नेपालका एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र दराज डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।