सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओप्पो’ ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनीयाँ ब्राण्डको स्मार्टफोन हो।
ओप्पोको ‘ए’ ,‘एफ’ र ‘आर’ सिरिजका फोनले बजारमा राम्रो उपस्थिति देखाएको छ। कम्पनीले पहिलो पटक ‘रेनो’ सिरिजको फोन भित्र्याएको छ। ‘रेनो’ सिरिज अन्तर्गतको फोन ‘रेनो टेन एक्स जुम’ हो।
उत्कृष्ट फोटोग्राफीका लागि ‘रेनो टेन एक्स जुम’ ल्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जनले जानकारी दिए। उनका अनुसार यो स्मार्टफोन ओप्पो ब्राण्डको सबैभन्दा महङ्गो फोन हो।
ओप्पोको प्रिमियम फोन खोज्ने ग्राहकका लागि कम्पनीले ‘टेन एक्स जुम’ ल्याएको बताएको छ।
जुन ३० मा सार्वजनिक गरिएको यो फोनमा के के छन् विशेषता:
डिजाइन तथा ‘विल्डक्वालिटी’
यो स्मार्टफोनमा ६.६ इञ्चको ओएलइडी फूल स्क्रिन प्रयोग गरिएको छ। जसलेगर्दा उपभोक्ताले मनोरञ्जनका साथ गेम खेल्न सक्छन्। यसमा प्रयोग गरिएको कोरिला ग्लासले फोन झरिहाल्दा पनि हत्तपत्त फुट्नबाट बचाउँछ। यो स्मार्टफोन ओसियन ग्रिन र जेट ब्ल्याकमा उपलब्ध रहको छ।
अलरओएस ६मा आधारित एण्ड्रोइड पाई मार्फत यो फोन सञ्चालन हुन्छ। फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कभ्र्ड ग्लासको सुरक्षा प्रदान गरिएको छ। अल्ट्रासोनिक ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ।
गुणस्तरीय फोटोग्राफी
गुणस्तरीय फोटोग्राफी दिनु यसको स्मार्टफोनको मुख्य विशेषता रहेको छ। यसमा नाइट फोटोग्राफीलाई ध्यान दिएर त्यसै अनुरूपको हार्डवेयर तथा सफ्टवेयर गरिएको छ।
यस फोनमा प्रयोग गरिएको एआई अल्ट्रा क्लियर ईञ्जिनले फोटोलाई गुणस्तरीय बनाउने काम गर्दछ। साथै जुम गरेर खिच्दा पनि उत्कृष्ट फोटो आउने कम्पनीले जानकारी दिएको छ।
फर्ममेन्स तथा ब्याट्री
फोनको पछिल्तिर जडान गरिएको तीनओटा क्यामेराले गुणस्तरीय फोटो खिच्न सघाउँछ। ओप्पो रेनो १० एक्स जुम ईडिसनमा ८ जीबी ¥याम र २५६ जीबीका साथै ओक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ। क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सर पनि छ।
तस्विरमा अझ सटिकता र गुणस्तर प्रदान गर्न यसमा डुअल ओआईएस सपोर्टपनि दिइएको छ। साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमा आधारित अल्ट्रा नाइटमोड २.० र पोट्रेट मोड पनि सपोर्ट गर्ने कम्पनीले बताएको छ।
यो फोनले ओआईएस सपोर्टका साथ फोरके ६० एफपीएस भिडियो सपोर्ट गर्छ। साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङमा पनि टेवा पु¥याउँछ।
सेल्फीका लागि यसमा मात्र ०.८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फी क्यामेरा मोड्युलको ब्यवस्था गरिएको छ। कम्पनीका अनुसार उक्त मोड्यूल २ लाख पटक खोल्न र बन्द हुने कार्यका लागि परीक्षण गरिएको छ।
कनेक्टिविटीका लागि फोनमा फोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्थापनि रहेको छ। साथै फोनमा भोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।
पाइने ठाउँ तथा मूल्य
कम्पनीका अनुसार ‘रेनो टेनएक्स जुम’ नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, बिराटनगर, बिरगञ्ज लगायतकामा पाइन्छ। यसको मूल्य नेपालमा ८९ हजार ९ सय ९० रहेको छ।