नेपालका तीन सहरमा डाटा सेन्टर स्थापना गर्न सरकारले आगामी वर्षका लागि ५० करोड बजेट विनियोजन गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षका लागि सुनसरीको इटहरी,बाँकेको कोहलपुर र ललितपुरमा डाटा सेन्टर स्थापना गर्ने काम अघि बढाउन भन्दै उक्त बजेट विनियोजन गरेको हो।
प्राधिकरणका अनुसार तीन सहरमा डाटा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन,ठेक्का लगाइ काम शुरु गर्नेगरी उक्त बजेट विनियोजन गरिएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले बनाउने उक्त कामका लागि बजेट भने प्राधिकरणले विनियोजन गरेको हो। प्रधिकरणले ललितपुरमा इन्टरनेट एक्स्चेन्जका लागि पनि ४० करोड बजेट विनियोजन गरेको छ।