ओप्पोले आजबाट एफ ११ लाई ‘ज्वेलरी ह्वाइट’रंगमा सार्वजनिक गरेको छ।
पहिले ‘मार्वल ग्रिन’ र ‘फ्लोराइट पर्पल’ गरी दुई रंगमा सार्वजनिक गरेको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो। यसको मूल्य ३५ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरेको छ।
तेस्रो रंगमा सार्वजनिक नयाँ ओप्पो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर मायाँ पाउने कम्पनीको भनाइ छ।
नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ ११ का बारेमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गरेको बताए।
कम्पनीका अनुसार फोनमा उपभोक्तालाई सहज तथा त्रुती रहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । यो फोनले ओप्पोको एफ११ सिरिजले समग्र एफसिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ।