कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य नेपाल चाटर्ड एकाउन्टेन्ड संस्था (आइक्यान)को अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न साधारण सभाबाट आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ । आचार्य आइक्यानको उपाध्यक्ष थिए । साउन ५ गते औपचारिक रुपमा उनले पदभार ग्रहग गर्ने आइक्यानले जनाएको छ ।