नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजीले बजेट सेग्मेन्टको ‘ओनर एटएस’ फोन नेपाली बजारमा भित्र्याएको छ।
‘ओनर एटएस’मा ५.७१ को डिस्प्ले, १३ एमपीएफ १.८ को प्राइमरी क्यामरा र ५ एमपीएफ २.२ को सेल्फी क्यामरा रहेको छ।
फोनको पछाडि एउटामात्र क्यामरा भएपनि यसको वाइडर अपार्चर साइजका कारण यसले विश्वस्नीय इफेक्ट दिने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार फोनमा मेमोरीका लागि २ जिबी र्याम र ३ जिबीको इन्टरनल स्पेस रहेको छ। यो एन्ड्रोइड ९.१ अपरेटिङ सिस्टममा चल्ने छ। फोनमा ३०२० एमएएचको ब्याट्री राखिएको छ।
सुरक्षाको लागि यसमा फोन अनलक, ‘राइज टू वेक फंसन’समेत दिइएको छ। साथै फोनले कम प्रकास भएको ठाउँमा पनि राम्रो काम गर्ने कम्पनीको दाबी छ।
फोन निलो र कालो रंगमा उपलब्ध छ। नेपाली बजारमा यो फोनको मूल्य १२ हजार ५ सय रुपैयाँ रहेको छ। यो अनर सेग्मेन्टको सबैभन्दा बढी फिचर्स फोन भएको कम्पनीले जानकारी दिएको छ।
यो फोन सार्वजनिक गरेसँगैैै कम्पनीले आफ्ना पुराना सेग्मेन्टको मूल्य पनि समायोजन गरेको छ। समायोजनपछि ओनर ‘७एस’को मूल्य ११ हजार १ सय ९० रुपैयाँ, ‘अनर १० लाइट’को २० हजार ९ सय रुपैयाँ र ‘अनर एटएक्स’को २५ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ।