साओमी मोबाइलको आधिकारिक सर्भिस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा आएको छ।
स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेरे शाओमीले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा सर्भिस सेन्टर संचालनमा ल्याएको हो।
सेन्टरको उद्घाटन साओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, शाओमीका साउथ एशिया सर्भिस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, ईसीआरसीका संजित पौडेलले गरे।
कम्पनीका अनुसार यो सर्विस सेन्टरमा साओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्भिस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको छ।
सेन्टरले नेपाली सेवाग्राहीहरुलाई शाओमीको अन्तर्राष्ट्रिय स्तरको सर्भिस दिने कम्पनीको भनाइ छ।