अमेरिकी दवाकाबीच फ्रान्सले डिजिटल ट्याक्स लगाउने निर्णय कार्यान्वयन गर्ने भएको छ। यसअघि फ्रान्सले ट्याक्स लगाउने निर्णय गरेपछि अमेरिकाले पछि हट्न दबाब दिएको थियो।
यो निर्णयले सबैभन्दा अमेरिकी कम्पनी प्रभावित हुने छन्। गुगल,फेसबुक,अमेजन र एप्पल प्रभावित हुने छन्।
जुलाई ११ मा फ्रान्सको संसदले डिजिटल ट्याक्स कानुन पारित गरेको थियो। कानून पारित भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिकरुपमै त्यसको विरोध गरेका थिए।
कानूनअनुसार फ्रान्सले कुनै पनि टेक कम्पनीले फ्रेन्च प्रयोगकर्ताबाट कमाएको वार्षिक आम्दानीको ३ प्रतिशत कर उठाउने छ। डिजिटल सेवा दिने सबै कम्पनीले यो कर तिर्नुपर्ने छ।
वर्षभर ८४५ मिलियर अमेरिकि डलर कमाउने वा फ्रान्समा मात्रै २५ मिलियन युरो कमाउनेले यो कर तिर्नुपर्ने छ।
युरोपीयन युनियनमा आबद्ध सबै देशमा यही व्यवस्था लागू गर्ने तयारी गरिएपनि युनियनले यसमा सहमति दिएको छैन। तर फ्रान्सले आफ्नो देशमा भने लागू गर्ने भएको छ।
यो व्यवस्था लागू भएपछि सन् २०२२ सम्म वार्षिक ६५० मिलियन युरो आम्दानी हुने फ्रान्स सरकारको लक्ष्य छ।