टेक जायन्ट हुवावे आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। गएको शुक्रबार कम्पनीले व्यावसायिक प्रयोगका लागि हुवावे आफ्नै मुख्यालय रहेको चिनियाँ सहर सेन्जेनमा सार्वजनिक गरेको हो।
हुवावेको फोन विभाग प्रमुखका अनुसार चीनमा फाइभजी लाइसेन्स पाएको पहिलो फोन हो मेट२०एक्स हो।
यो फोनमा २ वटा सिम प्रयोग हुन्छन्। ४० मेगापिक्सल क्यामेरा भएको यसमा ७.२ इन्चको स्क्रिन छ। २५६ गिगाबाइट स्टोरेज क्षमता भएको यो फोनको चिनियाँ बजारमा ६ हजार १९९ चिनियाँ युआन(९१२ अमेरिकी डलर) तोकिएको छ।
यसमा हुवावेकै किरिन ९८० चिपसेट प्रयोग भएको छ।
हुवावेले आफ्नै एन्ड्रोयडजस्तै अपरेटिङ सिस्टम होङमेङ छिट्टै बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।