भिभोले नेपाली बजारमा नयाँ सिरिज ‘एस’ सिरिजका फोन भित्र्याउने भएको छ। ‘एस’ सिरिज अन्तर्गत ‘एस वन’ ल्याउन लागिएको भिभोका प्रोडक्ट ट्रेनी नेलशन बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार ‘एस वन’ जुलाई ३० अर्थात् साउन १४ गते नेपाली बजारमा आउँने छ। ‘एसवन’ मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ। महङ्गा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ।
फेसनेवल ग्राहकलाई लक्षित गरेर ‘एसवन’ नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ। यस फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्यार्टन प्रयोग गरिएको छ। जसले एउटै फोनमा दुईवटा कलरमा ‘एसवन’ स्मार्टफोन ग्राहकले पाउने छन्।
यसमा प्रयोग गरिएका कलर सजिलै ग्राहकको आँखामा पर्ने बुर्लाकोटीको भनाइ छ। जुन कलर युवायुवती दुवैलाई सुहाउँदो हुने छ। फ्रन्ट क्यामरामा अहिलेसम्मकै धेरै मेगापिक्सल जडान गरिएको छ। ब्याकमा ट्रीपल क्यामरा प्रयोग गरिएको छ। यसमा मूख्य क्यामरामा सोनीको सेन्सर प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीको दाबी छ।
‘एस वन’मा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले समय र मिति हेर्न प्रयोगकर्ताले पावर वटन थिचिरहनु पर्दैन। कम्पनीका अनुसार यस स्मार्टफोनमा लेटेस्ट २०१९ मा आएको पि ६५ प्रोसेसर प्रयोग गरिएको छ।
भिभोको नयाँ स्मार्टफोनमा थप विशेषता के–के छन् ?
सिरिजः एस
मोडलः एसवन
डिस्प्लेः ६.३८ इञ्च सुपर एमोलोइड डिस्प्ले)
कलरः स्काइलाइन ब्लु र डाइमन ब्ल्याक
फ्रन्ट क्यामराः ३२ मेगापिक्सल
ब्याक क्यामराः ८/१६/२ मेगापिक्सल
मूख्य क्यामरामा सोनिको सेन्सर प्रयोग गरिएको
ब्याट्रीः ४ हजार ५ सय एमएएच
डबल इन्जिनको फास्ट चार्जिङ टेक्नोलोजि
र्यामः ६ जिबी
स्टोरेजः १२८ जिबी
प्रोसेसरः २०१९ को लेटेस्ट प्रोसेसर मिडिया टेकको पि ६५
सब ग्रेडिङ सिस्टम
पब्जी लभर्सका लागि २ वटा एक्स्ट्रा अर्डिनरी फिचर्स समावेश
फोन सेक्युरिटीः इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ
मूल्यः ३५ हजार
२०१७ नोभेम्बर २३ देखि भिभोले नेपालमा आफ्नो उत्पादन ल्याएको हो। मोबाइलमा क्यामरा र म्युजिकलाई जोड दिने कम्पनीको प्रतिबद्धता छ। यो कम्पनी नेपालमा भित्रिएको करिब डेढ वर्ष जति भयो। यसका ‘वाई’ र ‘भि’ सिरिजका फोन बजारमा छन्।
कम्पनीका अनुसार ‘वाई’ सिरिज सस्तो फोन अन्तर्गत पर्दछ भने ‘भि’ सिरिज महङ्गो फोन अन्तर्गत पर्दछ। ‘वाई’ सिरिज अन्तर्गत वाई९०, वाई ९१ सी, वाई ९३, वाई १५, वाई १७ र ‘भि’ सिरिज अन्तर्गत भि१५ र भि१५ प्रो रहेको छ।
ग्राहकका चाहना बमोजिम एस सिरिजका अन्य मोडल थप्दै जाने कम्पनीले जानकारी दिएको छ।