भुक्तानी सेवा प्रदायक सेलपे को औपचारिक सुरुवात भएको छ। नेपालमा भएका अन्य भुक्तानी प्रदायक भन्दा सेलपे अलग भएको कम्पनीको दावी छ।
सेलपे वेव एप्लिकेशनको माध्यमबाट विना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सेलपे सेवा संचालनमा ल्याएको आईएमएस ग्रुपका कार्यकारी प्रमुख दीपक मलहोत्राले जानकारी दिए।
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको हो।
यसबाट विभिन्न किसिमका भुक्तानीहरुगर्न सकिने कम्पनीले जनाएको छ। सेलपे सेवाबाट मोवाईल तथा वेवको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जनाएको छ।
सेलपे अरु भुक्तानी प्रदायक जस्तो वालेट सेवा भने होइन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु नपर्ने मल्होत्राले जानकारी दिए।
सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो। यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन्।
सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईन्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाइन भुक्तानीहरु गर्न सकिने छ।
सेलपेसगँ आवद्ध हुन सर्वप्रथम गुगल प्लेस्टोर वा एप्पल एपस्टोर वा सेलपे को वेबसाईटमा गई एप्पआफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ ।
त्यसपछि बैक खाता लिंक गराइ सिधै कारोबार गर्न सकिन्छ। सेल पेसगँ साझेदार जतिपनि बैंक खाताहरु सेलपे सेवामा आवद्ध गर्न सकिने कम्पनीले जनाएको छ।
अहिलेसम्म सेलपेमा सेन्चुरी, सिटिजन्स, एभरेष्ट, हिमालयन, आइसिएफसी, कामना सेवा विकास, मेगा, मुक्तिनाथ, एनआइसी, एसिया र नेपाल बंगलादेश बैंक आबद्ध भएका छन्।
ग्राहकको सुविधाको लागि धेरैभन्दा धेरै बैंकसगँ साझेदारीको प्रयास भइरहेको मलहोत्राले जानकारी दिए। एक पटकमा जति पनि रकम पठाउन मिल्ने र तुरुन्तै पठाएको रकम खातामा जम्मा हुने यसको मुख्य विशेषता हो।
सेल पे प्रयोग गरे बापते ग्राहकले केही बोनस पनि पाउने कम्पनीले जनाएको छ। यस बोनस ग्राहकले दुरसंचार सेवा प्रदायकहरुको रिचार्ज गर्न सक्ने छन्।
सेलपेमा रकम स्थानान्तरण गर्दा भने २ देखि २० रुपैयाँ सम्म दस्तुर लाग्ने कम्पनीले जनाएको छ। सेलपेले ग्राहकलाई जोखिमबाट जोगाउन विशेष ध्यान दिएको छ।
सेलपे सेवा एप एक पटकमा केवल एक सिम कार्डसँग मात्र चलाउन मिल्छ।
सिम कार्ड परिवर्तन गरेको खण्डमा नयाँ सिम हालेको मोवाईल सेटबाट लग ईन गर्नुपर्छ आफ्नो मोवाइल नम्बरमा एसएमएस मार्फत एक ‘ओपिटी’ प्राप्त हुने छ उक्त ‘ओपिटी’ मोवाईल एपमा भनिएको ठाउँमा राखेर सेवा सुचारु गर्न सकिने छ।
त्यस्तै मोवाईल सेट परिवर्तन गरेमा नयाँ मोवाईल सेटबाट लग ईन गरेपछि मोवाईल नम्बरमा आउने एसएमएस मार्फत ‘ओपिटी’ एपमा भनिएको ठाउँमा प्रविष्टगरे पछि मात्र सेवा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ।