साओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी। यी तिनै सिरिजका फोनहरू ग्राहकले मनपराएको कम्पनीका डिजिटल मार्केटिङ हेड जीवन तामाङले बताए।
रेड्मी सिरिजको स्मार्टफोन ‘रेड्मी नोट सेभेन प्रो’ अहिले बजारमा चर्चामा छ। यो करिब १ महिना अघि नेपाली बजारमा आएको हो। महङ्गा फ्ल्यागसिप फोनमा प्रयोग हुने केही प्रविधि यस फोनमा जडानगरिएको मार्केटिङ हेड तामाङ बताउँछन्।
मोबाइलको महत्वपूर्ण पार्ट डिस्प्ले, क्यामरो, स्टोरेज र ब्याट्री नै हो। यी सबै उत्कृष्ट प्रविधिहरू यस स्मार्टफोनमा जडान गरिएको छ। यस फोनमा ड्युल क्यामेरा जडान गरिएको छ। दुई सिमकार्ड एक साथमा प्रयोग गर्न सकिने गरी हाइब्रिड सिम स्लट राखिएको छ। फोनमा बढी मेमोरी क्षमता आवश्यक हुने प्रयोगकर्तालाई यो फोन विकल्प हुन सक्छ ।
मोबाइलको पछाडी भागमा एज कटिङ डिजाइन गरिएको छ। जसले प्रयोगकर्तालाई प्रिमियम फोनको अनुभुति गराउँछ। फोनको अगाडी पछाडी दुवै भागमा कर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ। जसले फोन स्क्र्याच र सहजै फुट्नबाट बचाउँछ। फोनमा प्रयोग गरिएएको वाटर रेसिस्ट्यान्सले फोनलाई पानीबाट पनि बचाउँछ। यस स्मार्टफोनमा आकर्षक सेल्फी, गेम, डिजाइन र भिडियो गज्जब छ। यो फोन सोआमीको मिड रेञ्च फोन अन्तर्गत पर्दछ।
हेरौं यो फोनको थप विशेषता के–के छ?
स्मार्टफोनः रेड्मी नोट सेभेन प्रो
१ महिना अघि साओमी नेपालले नेपाली बजारमा ल्याएको।
डिस्प्लेः ६.३ इञ्च (फुल एचडी प्लस एलटिपिएस डिस्प्ले)
ब्याक क्यामराः ४८/५ मेगापिक्सल
फ्रन्ट क्यामराः १३ मेगापिक्सल (एआई सेल्फी क्यामरा)
सोनीको क्यामरा सेन्सर (आईएमएस ५८६) प्रयोग गरिए।
प्रोसेरः ६७५ अक्टाकोर प्रोसेसर
ब्याट्रीः ४ हजार एमएएच
क्वीक चार्ज ४ सम्म सर्पोट गर्छ
दुईवटा भेरियन्टमा उपलब्ध
४ जिबी/६४ जिबी
मूल्यः २५ हजार
६ जिबी/१२८ जिबी
मूल्यः ३० हजार
कलरः ब्लु, ब्ल्याक
पाइने स्थान
अनलाइन स्टोरः दराज
अफ लाइन स्टोरः १२ सय प्लस
कम्पनीले यो हप्ताभित्र रेड्मी सिरिज अन्तर्गत ‘रेड्मी के२० प्रो’ ल्याउने जानकारी दिएको छ।
यसका केही विशेषताहरूः
डिस्प्लेः एमोलोइड डिस्प्ले
ब्याक क्यामेराः ट्रिपल (४८/१३/८ मेगापिक्सल एआई क्यामेरा)
फ्रन्टः २० मेगापिक्सल पपअप सेल्फी क्यामेरा
फोन प्रोटेक्सनः कर्निङ गोरिल्ला ग्लास ५
पपअप एआई फेस अनलक
जेनेरेशनः ७ फिङ्गर प्रिन्ट
ब्याट्रीः ४ हजार एमएएच
कम्पनीका अनुसार मूल्य फोन लञ्च हुँदा सार्वजनिक गरिने छ।