चिनियाँ स्मार्टफोन निर्माता हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरिरहेको छ। अमेरिकाले प्रतिबन्ध लगाएपछि गुगलको एन्ड्रोयड मोबाइल अपरेटिङ सिस्टम प्रयोगमा पनि प्रतिबन्ध लाग्ने अवस्था आएपछि हुवावेले आफ्नै सिस्टमको परीक्षण गरिरहेको छ।
पछिल्ला समय आइरहेका समाचारहरुकाअनुसार हुवावेले तीव्रगतिमा उक्त सिस्टमको परीक्षण गरिरहेको छ।
सम्वत: कम्पनीले यही सिस्टममा सन् २०१९ भित्रै एउटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
कतिपयले होङमेङलाई एन्ड्रोयडको विकल्पका रुपमा लिएका छन्। तर हुवावेका अधिकारीहरुले भने यसलाई सार्वजनिकरुपमा स्वीकार गरेका छैनन्।
कम्पनीको पूरानै योजनाअनुसार सिस्टम विकास भइरहेको र सबै परीक्षण पूरा भएपछि सार्वजनिक हुने उनीहरुको दाबी छ।