चिनियाँ स्मार्टफोन निर्माता ओपोले विश्वकै पहिलो फाइभजी होटल बनाएको छ। सस्तो मूल्यमै नविन प्रविधिकको विलासी सेवा लिन चाहनेका लागि यो होटल बनाइएको कम्पनीको दाबी छ।
फाइभजी प्रविधिबाट के हुनसक्छ? यो प्रविधिले के गर्न सक्छ जुन आजसम्मका अन्य प्रविधिले गर्न सकेका छैनन्? यी र यस्तै उत्तर देखाउनका लागि उक्त होटल बनाइएको कम्पनीले जानकारी दिएको छ।
ओपोले अष्ट्रेलियको एचओटीए द गोल्ड कोस्टमा यस्तो होटल बनाएको हो। यो विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटल भएको कम्पनीले बताएको छ। होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा रहेको छ।
स्मार्ट (मिरर) ऐना– होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गरिएका छन् । यसलाई स्मार्ट उपकरणसँग कनेक्ट गरी ताजा समाचार , शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने सुविधा रहेको छ। यही ऐनाबाट सेल्फी पनि खिच्न सकिने छ।
होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत आफ्नै हत्केलामा हाईएण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।
होटलमा उपलब्ध गरिएको रेनो फाइभजी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट जोडिएका छन् जसले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै पाउन सक्छन्।
कम्पनीले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभजीको अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल एआर रनवे मार्फत् पूर्वावलोकन गर्न सघाउँछ ।
फाइभजीका माध्यमबाट मुटु छुने कन्टेन्टहरु डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् । बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफि बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधा होटलमा छ।
४० फिटे शिपिङ कन्टेनरबाट बनाइएको होटल एचओटीएमा अगस्ट १ देखि ३० सम्मका लागि बुकिङ खुल्ला गरिएको छ । होटलको अनुभव गर्न चाहने एक जोडीले एक रातका लागि १ सय ५० अष्ट्रेलियन डलर खर्च गर्नुपर्ने छ । यसबाट उठेको पैसा स्थानीय च्यारीटीमा खर्च गर्ने कम्पनीले जानकारी दिएको छ।