अल्काटेल, विश्वको प्रख्यात मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसनस अन्तर्गतको ब्राण्ड हो। विश्वव्यापी नेटवर्क भएको अल्काटेल नयाँ श्रेणीका स्मार्टफोनहरु र फीचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ।
नेपाली बजारमा भित्रिएको एक महिना जति भयो। एसएचटिसी इन्टरनेशनल प्रा.लि. यस ब्राण्डको आधिकारीक बितरक हो। यो ब्राण्डमा स्मार्ट र बार फोन उपलब्ध छ। यसले अहिलेसम्म ९ वटा फोन बजारमा ल्याएको छ। कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ।
अल्काटेलका १९ सय देखि २१ हजारसम्मका फोन उपलब्ध छ। प्रयोगकर्ताले प्रमुख शहरहरूमा अल्काटेलका फोन किन्न सक्नेछन्।
भर्खरै बजारमा आएको नयाँ ब्राण्डले कुन–कुन फोन बजारमा ल्याएको छ त? मूख्य फिचर सहित।
स्मार्टफोन सेगमेन्ट
अल्काटेल वानः इमर्सिभ फूल भ्यू १८:९ रेसियो डिस्प्ले र सोसियल रेडी क्यामेरा
बजार मूल्य रु ८,२४९
अल्काटेल १एसः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, सूपथ मूल्यमा अक्टाकोर डिभाइस
बजार मूल्य रु.१४,७९९
अल्काटेल ३एक्सः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, एक्स्प्याण्ड योर होराइजन्स
बजार मूल्य रु. १४,७९९
अल्काटेल ३: (४जीबी र्याम र ६४जीबी स्टोरज) इमोजिको साथ ड्युल १६ एमपि र ५ एमपि क्यामेरा
बजार मूल्य रु. २१,४९० (यो स्मार्टफोन दराज डटकममा उपलब्ध छ ।)
फीचर फोन सेगमेन्टः
अल्काटेल १०६६डीः युवा वर्ग लक्षित डिजाइन र अन्य फिचरका
बजार मूल्य रु. १,९१०
अल्काटेल २००३डीः ९७० एम.ए.एच ब्याटरी जसले दिन्छ ७ घण्टा सम्मको टक टाइम
बजार मूल्य रु. २,४७५
अल्काटेल २०५३डीः फोल्डेबल डिजाइन
बजार मूल्य रु. ३,५९९