विश्व विख्यात ब्रान्ड एप्पलले ‘एप्पल कार्ड’ सेवा सुरु गरेको छ। बुधबारदेखि अमेरिकामा भित्र मात्रै लागु हुने गरि कम्पनीले यो सेवा सुरु गरेको हो।
एप्पलले आफ्ना ग्राहकको वित्तीय सुविधा सहित सरल जीवनको लागि यो सेवा सञ्चालन गरेको बताएको छ। एप्पलको यो कार्ड प्रयोग गर्न चाहने जो सुकैले आइफोनको वालेट एप वा एप्पलको वेवसाइट बाट कार्डको लागि आवेदन दिन सक्नेछन्। कार्ड लिन कुनै शुल्क लाग्ने छैन।
कम्पनीले प्रयोगकर्ताको गोपनियताको लागि विशेष प्रकारको सुविधा सहित कार्ड बनाएको दाबी गरेको छ।
एप्पलका अनुसार प्रयोगकर्ताले एप्पलको कार्ड मात्र प्रयोग गरे २ प्रतिशत र एप्पलको आफ्नै स्टोरबाट कार्ड प्रयोग गरे ३ प्रतिशत सम्म पैसा फिर्ता दिने बताएको छ।
प्रयोगकर्ताले कार्डबाट गरेको खर्च विवरण सजिलै हेर्न सक्ने.एप्पलले जानकारी दिएको छ।