सन् २००९ बाट मोबाइलको अपरेटिङ सिस्टम कम्पनीले आफ्नो परम्परा तोडेको छ। उसले यसअघि सबै अपरेटिङ भर्जनको नाम विभिन्न मिठाईको नामबाट राख्दै आएको थियो। अब त्यो परम्परा भंग गर्ने कम्पनीले घोषणा गरेको छ।
एन्ड्रोइड गुगल मोबाइल फोनको अपरेटिङ डिजाइन गर्ने सबैभन्दा ठुलो अमेरिकी कम्पनी हो। सन् २००९ देखि उत्पादन सुरु गरेको एन्ड्रोइडले १० वर्ष सम्म मिठाइबाटनै नयाँ नयाँ भर्जनको नाम दिदै आएको थियो।
कम्पनीले ‘एन्ड्रोइड क्यु’ को नयाँ भर्जनको नाम एन्ड्रोइड १० राखेको छ। युटुवबाट सार्वजनिक गरिएको भिडियोमा नयाँ भर्जनको एन्ड्रोइडको नाम घोषणा गरेको हो। यसअघि सबै एन्ड्रोइड भर्जनमा सबैको नाम कुनै न कुनै मिठाईको आधारमा राखिएको थियो।
गुगलले अहिलेसम्म राखेका सबै नाम विश्वका कसैलाई थाहा नभएको दाबी गर्दै अब आफुहरुले राख्ने नाम विश्व भरिका प्रयोगकर्ताको लागि सहज हुने बताएको छ।
एन्ड्रोइडको नयाँ भर्जनको अपरेटिङ सिस्टम केही हप्तामा सार्वजनिक गर्ने अनुमान गरिएको छ।
गुगल पिक्सेल र एन्ड्रोइड वान स्मार्टफोनमा एन्ड्रोइड १० प्रयोग हुने पहिलो डिभाइस हुनेछन्।
एन्ड्रोइडले सार्वजनिक गरेको पहिलो आधिकारीक भर्जन एन्ड्रोइड १.५ थियो। कम्पनीको एक म्यानेजरले त्यसको नाम कपकेक राखे। कपकेक अंग्रेजि ‘सि’ बाट सुरु हुन्छ।
त्यसपछि कम्पनीले जतिपनि नयाँ उत्पादन भयो त्यो सबैको नाम ‘सि’ भन्दा पछिल्लो अक्षरबाट राखियो। नयाँ भर्जनको नाम एन्ड्रोइड क्यु को ठाउँमा एन्ड्रोइड १० राखिएको छ ।