दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसुङले आफ्नो नयाँ उत्पादन फ्ल्यागसिप फोन ग्यालेक्सी ‘नोट टेन’ र ‘नोट टेन प्लस’ सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरि सो फोन सार्वजनिक गरेको हो।
नोट १० र नोट १० प्लस विश्वकै शक्तिशाली स्मार्टफोन भएको कम्पनीले बताएको छ। यी फोनमा आधुनिक प्रविधि जडान गरिनुका साथै क्यामेराको गुणस्तर उत्तम भएको बताइएको छ। यसमा थ्रीडी स्क्रिनिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
मोबाइलमा प्रयोग गरिएको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभवप्रदान गर्ने कम्पनीले बताएको छ। भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरि प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नेछन्।
यसमा भएको एडभान्स इमेजिङ्गप्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाईनयाँतहमा पु¥याउन मद्दत गर्ने कम्पनिले बताएको छ।
यी फोनका मूख्य विशेषताः
मुख्य विशेषता | नोट १० | नोट १० प्लस |
डिस्प्ले | ६.३ इञ्चको एफएचडी प्लसडाइनामिक एमोलाइड डिस्प्ले | ६.८ इञ्चको क्वार्ड एचडी प्लसडाइनामिक एमोलाइड डिस्प्ले |
ब्याक क्यामेरा | १६/१२/१२ मेगापिक्सल | १६/१२/१२ मेगापिक्सल प्लस डेप्थ क्यामेरा |
फ्रन्ट क्यामेरा | १० मेगापिक्सल | १० मेगापिक्सल |
स्टोरेज | ८/२५६ जिबी | १२/२५६ जिबी |
ब्याट्री (फास्ट चार्जिङ) | ३४०० एमएएच | ४१७० एमएएच |
मूल्य | १ लाख १६ हजार | १ लाख ३५ हजार |
कलर | औरा ग्लो, औरा ब्याक | औरा ग्लो, औरा ब्याक र औरा ह्वाइट |