नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरुले प्रवेश गरिरसकेका छन्। विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि सबैभन्दा रुचाइएको ब्राण्ड हो।
दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसङले आफ्नो नयाँ उत्पादन फ्ल्याग सिप फोन ग्यालेक्सी ‘नोट१०’ र ‘नोट१० प्लस’ सार्वजनिक गरेको छ।
नजिकिँदै गरेको चाडवार्डलाई मध्येनजर गरेर सामसङले यी फोन सार्वजनिक गरेको छ।
यस फोनबाट गरिएको अपेक्षा,यसका विशेषता, सामसङको नेपाली बजार हिस्सा, चुनौती लगायतका सन्दर्भमा सामसङ नेपाल प्रमुख प्रणय रत्न स्थापितसँग सेतोपाटीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः
-नेपाली बजारमा नोट १० र नोट १० प्लस सार्वजनिक भएको छ, कम्पनीले के अपेक्षा गरेको छ?
यी फोनमा पावरफुल डिभाइस जडान गरिएको छ। पावरफुल डिभाइसबाट काम गर्ने वर्गलाई लक्षित गरेर यो फोन भित्र्याएको हो।
यी फोनमा डिस्प्ले, क्यामरा, ब्याट्री लगायत सबै फ्ल्यागसिप फिचर्स जडान गरिएको छ। नोट सिरिजको अन्य फोनको तुलनामा नोट१० र नोट१० प्लसको प्रि–बुकिङ नै दुई गुणाले बढेको छ। यो फोनले सम्पुर्ण ग्राहकको ध्यान खिच्छ भन्नेमा हामी विश्वस्त छौं।
-यी फोनमा फिर्चसहरू के–के छन?
यी फोनमा पावरफुल डिभाइस प्रयोग गरिएको छ। यी फोनमा आधुनिक प्रविधि जडान गरिनुका साथै क्यामेराको गुणस्तर राम्रो छ। मोबाइलमा प्रयोग गरिएको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभवप्रदान गर्छ।
फोनको भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरि प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नेछन्। यसमा भएको एडभान्स इमेजिङ्गप्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटोग्राफीलाई नयाँ तहमा पु¥याउन मद्दत गर्छ। नोट१० को डिस्प्ले ६.३ इञ्चको छ भने नोट१० प्लस ६.८ इञ्चको छ। फोनलाई पेनको सहायताले कन्ट्रोल गर्न सकिन्छ। यी फोनमा ३ वटा क्यामरा जडान गरिएको छ। नोट १० प्लसमा डेप्थ क्यामरासमेत जडान गरिएको छ। सेभेन न्यानो मिटरको चिपसेट प्रयोग गरिएको छ।
-चाडवार्डलाई लक्षित गरेर फोन सार्वजनिक गर्नु भएको छ। फोनको खरिदमा ग्राहकले केही अफर प्राप्त गर्न सक्छन ?
प्रि–बुकिङ गर्ने ग्राहकको लागि चाहिँ केही अफरहरू ल्याएका थियौं। अब अफर पाइँदैन। तर हामीले जुन मूल्यमा फोन ल्याएका छौँ। त्यो विश्व बजारको मूल्य सरह नै छ। हामीले ग्राहकको सुविधाको लागि प्रायः सबै बैङ्कसँग सहकार्य गरेका छौँ। ती बैङ्कमा जानु भयो भने फोन किन्नका लागि ग्राहकले फाइनान्सियल सुविधा पाउने छन्।
-नेपालको मोबाइल बजारमा सामसङको हिस्सा कति छ ?
नेपालको मोबाइल बजारमा सामसङले ५० प्रतिशत बजार हिस्सा ओगटेको छ। यसले ग्राहकका लागि सबै रेञ्जका फोन उपलब्ध गराएको छ। सामसङ फोनको क्यामरा, ब्याट्री, डिभाइस क्वालिटीयुक्त हुन्छ।
-धेरैजसोले फोन विदेशबाट मगाउने गर्छन्। यसलाई सामसङले कसरी हेरेको छ। विदेशबाट मगाउँदा र नेपालमा किन्दा कुन फाइदा?
ग्रे पोडक्टले कम्पनी, बिक्रेता र राज्य सबैलाई घाटा हुन्छ। अहिले मोबाइल आयात गरेबापत व्यवसायीले १३ प्रतिशत भ्याट र २ प्रतिशत ड्युटी तिरेका हुन्छन्।
त्यो ग्रे च्यानलबाट भित्रिएका फोनबाट पाइँदैन।
अहिले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको ग्रे मार्केट हटाउन ह्वाइट लिस्ट इम्प्लिमेन्ट गर्ने भनेको छ। केही महिनामै यो लागु हुने भनिएको छ। यसले ग्रे मार्केट हटाउनमा सहयोग गर्छ। अव भौगोलिक बनावट अनुसार फोनहरु निर्माण भएका हुन्छन्। विदेशमा किन्ने फोन नेपालका लागि होइन। मानौ नेपालमा मोबाइल चार्ज गर्दा विद्युतको गति एकै नाशको हुन्न । विदेशतिर एकै प्रकारका हुन्छ ।
- न्युरोडका कपडा पसलमा र विद्युतिय उपकरण पाइने स्थानमा सामसङका महँगा फोनहरु कम्पनीले तोकेको भन्दा धेरै कम मुल्यमा किन्न पाइन्छ, तपाईहरु कत्तिको जानकार हुनुहुन्छ ?
मैले अघि नै भने मोबाइल आयात गरेबापत व्यवसायीले १३ प्रतिशत भ्याट र २ प्रतिशत ड्युटी तिरेका हुन्छन्। त्यो सरकारलाई घाटा भयो। हामीले प्रहरी प्रशासनसँग मिलेर ती काम नियालिरहेका छौं ।