नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई मोबाइल इन्टरनेट सेवा ल्याएको छ। दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘ प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।
यो प्याकेज लिएपछि २४ घण्टामात्र मान्य हुन्छ। दिनमा १ जिबी डेटा लिएपछि ४५ रुपैयाँ तिर्नुपर्छ। यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा म्यासेज पठाउनुपर्छ।
यसैगरी कम्पनीले सात दिनका लागि मान्य हुने प्याकेज ल्याएको छ। जुन जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा पाइने छ। यो सेवा लिनका लागि 7D7G लेखेर १४१५ मा म्यासेज पठाउनुपर्छ।
नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति 28D28G लेखेर १४१५ मा म्यासेज पठाउनुपर्छ। यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।
नेपाल टेलिकमको वेबसाइट तथा एप्लीकेशनबाट प्याकेजको बारेमा जानकारी तथा खरिद गर्न सकिन्छ।