ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ । एरिक्सनसंग पनि ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकार पनि खरिद गरेको छ ।
सन् २०१९ सम्ममा ओपोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागु गरिसकेको छ ।
फाइभजी मानक विकासकर्ता मध्यकै एक अग्रणी योगदानकर्ताका रुपमा कम्पनीले फाईभजी प्रविधिसंग सम्बन्धित २ हजार २ सय भन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसेकेको छ । जुलाई २०१९ सम्म ओपोले फाईभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिती जनाउँदै ईटीएसआई सामु ६०० प्याटेन्ट फ्यामिलिजको खुलाशा गरिसकेको छ ।