एनसेल प्रालिले आयोजना गरेको एनसेल सर्ट फिल्म प्रतियोगितामा कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।
बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । युवा प्रतिभाहरुलाई चलचित्र निर्माणमा प्रोत्साहन गर्न आयोजना गरिएको एनसेलले जानकारी दिएको छ।
प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु समावेस थिए। निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र पत्रकार विद्या चापागाँई रहेका थिए ।
यो अवसरमा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।
कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।
त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प ७५,००० नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् ।