आपोले नेपाली बजारमा केही स्मार्टफोनको मूल्य घटाएको छ। दसैतिहारको अवसरमा कम्पनीले विशेष अफर सार्वजनिक गर्दै नेपालमा धेरै बिक्री भएका मोडलका फोनको मूल्य घटाएको हो।
एफ११ सिरिज र आर१७ प्रो मा ‘प्राइस ड्रप’ अफर ल्याएको कम्पनीले मूल्य घटाएको हो।
एफ११ प्रोको मूल्य ४१ हजार ९ सय ९०, एफ११ को ३१ हजार ९ सय ९० र आर१७ प्रो ५९ हजार ९ सय ९० रुपैयाँ पर्ने छ। हाल यी मोबाइलको मूल्य क्रमश: ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सूची आजदेखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ।
‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९
त्यस्तै कम्पनीले बडा दशैँको अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।
‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना विजेताको छनोट हुने छन्। छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उपहार योजना अवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्र हुने छ। लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा हुने छ। यो योजना अक्टोबर ४ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।