गुगलले छिट्टै नयाँ फिचर थप्ने भएको छ । उक्त नयाँ फिचरबाट यदि कोहि जिमेल प्रयोगकर्ता छुट्टीमा भएको बेलामा उसको जीमेल वा ह्याङआउट च्याटबाट सम्पर्क गर्न खोज्दा जिमेलले नै आज विदामा रहेको नोटिफिकेशन दिनेछ ।
गुगलकाअनुसार यो फिचरको पहिलो चरणमा जी–सुईट वा गुगल इन्टरप्राइस कस्टमर्सको लागि मात्रै उपलब्ध हुनेछ । यसलाई १६ सेम्टेम्बरमा संसारैभरि प्रस्तुत गरिने गुगलले जनाएको छ । त्यसपछि केही समयमानै अन्य सबै जीमेल प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।
कम्पनीले बताएअनुसार युजरलाई क्यालेन्डर अनुसार ‘आउट अफ अफिस (ओओओ)’ भर्नुपर्ने हुन्छ । त्यसपछि जुनसुकै अन्य प्रयोगकर्ताले जिमेल वा ह्याङआउट च्याट बाट संपर्क गर्ने कोशिश गरेमा उनीहरुलाई ओओओको म्यासेज आउनेछ ।