अर्थमन्त्रालयले विदेशी सहयोगको तथ्याङक राख्ने सफ्टवेयर बनाएको छ। मन्त्रालयका इन्जिनियहरुले विदेशी दातृ निकायको सहयोगमा उक्त सफ्टवेयर बनाएका हुन्।
एड मेनेजमेन्ट इन्फरमेसन सिस्टम (एएमआइएस) नाम दिइएको उक्त सफ्टवेयरले विभिन्न दातृ निकायले दिएको सहयोग रकमको हिसाब पारदर्शी बनाउन मद्यत गर्नेछ।
आफ्नै क्षमता प्रयोग गरेर सफ्टवेयर बनाउँदा हामी पनि सफ्टवेयर बनाउन सक्षम छौँ भन्ने देखाएको मन्त्रालयको कम्प्युटर इन्जिनियर अमर सुवेदी बताउँछन्।
‘सबै विदेशी सहयोगको प्रतिवद्धता र क्षेत्रअनुसार भएको खर्चको हिसाब उक्त सफ्टवेयरमा राखिने छ,’ उनले भने। यसअघि यस्तै हिसाब राख्न बनाइएको एड म्यानेजमेन्ट प्लाटफर्म (एएमपी) नयाँ सफ्टवेयर आएपछि हटाइएको छ।
उक्त सफ्टवेयर बुधबार एक कार्यक्रमका बीच अर्थमन्त्रीले लन्च गरेका हुन्।