चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। मजबूत प्रदर्शन, आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।
यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।
यसमा ग्राहकले ६.२२ इन्चको डिस्प्ले पाउन सक्नेछन्। फोन हेलियो पि६० प्रोसेसरमा चल्छ जुन यो फोनको सबभन्दा ठूलो विशेषता हो। यही प्रोसेसरको कारण यो फोन छिटो चल्ने र ह्याङ नहुने कम्पनीको दाबी छ।
क्यामेरा र र ब्याट्री लाइफ पनि ओसत स्मार्टफोनभन्दा माथि रहेको कम्पनीले जानकारी दिएको छ। ३ र ४ जीबी र्याम ३२/६४ जीबीको स्टोरेजमा उपलब्ध हुने रियलमीका स्मार्टयस फोनमा जडान गरिएको छ।
यसमा डुअल क्यामेराको सुविधा दिइएको छ। यसको मुख्य क्यामेरा १२ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १२ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
ब्याट्रीको बारेमा कुरा गर्दा यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। यो फोन को मूल्य १९ हजार २ सय ९० (३ र ३२ जीबी) रहेको छ भने ४ र ६४ जीबीको मूल्य २३ सय ९० रहेको कम्पनीले जानकारी दिएको छ।
रियलमी ३ का मूख्य विशेषताहरुः
डिस्प्लेस् ६.२२ इन्च
प्रोसेसरः हेलियो पि६० (अष्ट कोर)
पछाडी क्यामेराः १२ एमपी
अगाडि क्यामेराः १२ एमपी
र्यामः ३ र ४ जीबी
स्टोरेजः ३२ र ६४ जीबी
ब्याट्रीः ४२३० क्षमता
अपरेटिंग प्रणालीः एन्ड्रोइड ९