नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले ग्राहकहरुका लागि छुट अफर ल्याएको छ। डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत् ३, ६ र १२ महिनाको रिचार्ज गर्दा छुट पाउने अफर ल्याएको छ।
ग्राहकको सेटटप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत् ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न मिल्छ। फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा एकातिर छुट पाइने र अर्कोतिर झन्जट नहुने कम्पनीले जानकारी दिएको छ।
३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफूलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिने छ, बार्षिक रिचार्ज गर्दा पहिले ४२०० रुपैयाँ भएपनि अब ३६०० मै हेर्न पाइने छ।
फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध हुने छ ।