टेलिकम्युनिकेशन जायन्ट हुवावेले आफूसँग विश्वभर फाइभजी विस्तारका ५० परियोजना रहेको घोषणा गरेको छ। हुवावेले विश्वभरका पचास सेवाप्रदायकसँग व्यावसायिक फाइभजी विस्तारका लागि हस्ताक्षर गरिएको जानकारी गराएको छ।
हुवावेले अबको फाइजभी विस्तारको केन्द्र एसिया प्यासाफिक क्षेत्र हुने अनुमान गरेको छ। सोहीअनुसार अन्यत्रको भन्दा यो क्षेत्रमा सहुलियतमा गुणस्तरीय सेवा दिने घोषणा पनि गरेको छ।
फाइभजी अहिलेको विश्वको वास्ताविकता भएको र यसको केन्द्र एसिया प्यासाफिक क्षेत्र हुने हुवावेका बोर्ड सदस्य विलियम छुले बताएका छन्। अघिल्लो साता चीनमा सम्पन्न हुवावेको इनोभेसन सम्मेलनमा बोल्दै उनले यसका लागि हुवावे सदैव तयार रहेको बताए।
अहिले दक्षिण कोरियामा फाइभजीको व्यावसायिक सेवा शुरु भएको छ। हालसम्म विश्भवरका ३५ सेवाप्रदायकले फाइभजी सेवा शुरु गरेका छन्। भने ३३ कम्पनीले फ्रिक्वेन्सी पाइसकेका छन्।