ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । “एनाइन २०२०” र “एफाइभ २०२०” मोडलमा बजेट स्मार्टफोन ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ।
मिड रेन्ज प्राइसमा ल्याउने तयारी गरिएको यी स्मार्टफोन युवा पुस्तामा लोकप्रिय हुने कम्पनीको विश्वास छ।
ओपोले सन् २००९ मा पहिलोपटक ए सिरिजका फोन ल्याएको थियो। पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएको थियो
ओपो ए सिरिज २०२० मा अहिलेका भन्दा नयाँ फिचर्स हुने बताइएको छ। कम्पनीका अनुसार नयाँ फोनमा ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्री हुने छन्।