ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफू पनि सहभागी हुने घोषणा गरेको छ। शाङघाईमा आयोजना भएको गुगल डेभलपर डेज् चाइना २०१९ मा कम्पनीले उक्त घोषणा गरेको हो।
यसपश्चात ओपो र गूगलले नयाँ फिचरसहितका स्मार्टफोन बनाउने घोषणा पनि गरेका छन्। डेपलभरहरुलाई फोनमै रहेका क्यामेरा एप मार्फत् क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गूगलको क्यामेराएक्स एण्ड्रोइड सोल्यूशन ओपो रेनो १०एक्स जुम र नयाँ ओपो रेनो२ लगायत विभिन्न ओपो उपकरणले सपोर्ट गर्नेछन्।