डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको कम्पनीले दाबी गरेको छ।
छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।