एनसेल नयाँ ग्राहक योजना ल्याएको छ। कम्पनीले मेरो प्लान योजना सार्वजनिक गरेको हो। सस्तो मूल्यमा उपभोक्ताले डेटा, भ्वाइस र एसएमएस सेवा लिनसक्ने कम्पनीले जानकारी दिएको छ।
असोज १ देखि लागु हुने यो योजनामा प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लान छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ।
त्यस्तै ग्राहकले अन नेट अर्थात् एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि झन सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो। ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।
ग्राकहले कर सहित २५४.१० रुपैयाँमा १ जिबी डेटा भोल्युम र कर सहित मात्र १.२८ रुपैयाँमा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र ८९.३८ रुपैयाँमा थप १ जिबी प्याक लिनसक्नेछन्।
प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम ३८१.७९ रुपैयाँ र १.१५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा लिनसक्नेछन्। यसको डेटा समयअघि सकिएमा १२७.६९ रुपैयाँमा थप २ जिबी प्याक पाउने छन्।
आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँच मध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६३७.१७ रुपैयाँमा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक १९१.५४ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत १०२०.२४ रुपैयाँमा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले ३८३.०७ रुपैयाँमा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।
मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लाथि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले १२७५.६२ रुपैयाँमा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१०.७६ रुपैयाँमा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।
हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।
ग्राहकले *302# डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सकिने छ। थप डेटा लिनका लागि *17123# डायल गरी प्लान अनुसारको डेटा लिन सकिने छ।
यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित २.५४ रुपैयाँ र एसएमएस सेवा कर सहित प्रति एसएमएस १.२८ रुपैयाँमा प्रयोग गर्न सक्नेछन् । यो योजना तीन महिनासम्म चल्ने छ।
मेरो प्लान | कर सहितको शुल्क रु. | डेटा (जिबी) | कर सहित अन नेट शुल्क प्रति मिनेट रु. | थप ७ दिने प्याक (जिबी) | कर सहित शुल्क रु. |
प्लान १९९ | २५४.१० | १ जिबी | १.२८ | १ जिबी | ८९.३८ |
प्लान २९९ | ३८१.७९ | ३ जिबी | १.१५ | २ जिबी | १२७.६९ |
प्लान ४९९ | ६३७.१७ | ६ जिबी | १.०२ | ३ जिबी | १९१.५४ |
प्लान ७९९ | १,०२०.२४ | १५ जिबी | ०.८९ | ७ जिबी | ३८३.०७ |
प्लान ९९९ | १,२७५.६२ | २५ जिबी | ०.६४ | १० जिबी | ५१०.७६ |