चाडपर्वको मुखमा धेरै कम्पनीहरुले ग्राहक लक्षित छुट सहुलियतको अफर ल्याउछन्। सेवा तथा वस्तुको व्यापार गर्ने कम्पनीहरुले यस्तो अफर ल्याउछन्। विशेषगरी दसैको समयमा धेरैसँग किनमेलका योजना हुने भएकाले पनि ग्राहक आकर्षित गर्न केही सहुलियत दिन्छन्।
यसै सन्दर्भमा देशका मुख्य तीन इन्टरनेट सेवा प्रदायकले पनि अफर ल्याएका छन्। वर्ल्डलिंक,भायानेट र सुविस केवलनेटले ग्राहक लक्षित अफर ल्याउका हुन्। बजारमा यी तीन कम्पनीको बर्चस्व रहेको छ।
कुन कम्पनीको कस्तो अफर:
वर्ल्डलिंक
वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले ल्याएको अफरमा एउटा टीभी दिने योजना रहेको छ। यसमा ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र निशुल्क नेट टीभी सेवा २५ हजार ९ सय ९० रुपैयाँमा पाउनेछन्।
अर्थात् वर्षभरको इन्टरनेट, नेटटिभी र ३२ इन्चको सीजी एलईडी टीभी पाउनेछन्। यसबापत् ग्राहकले जम्मा २५ हजार ९९० रुपैयाँमात्र तिर्ने छन्।
भायानेट
‘भायनेट दशैं तिहार टिभी उपहार’ अफरमा ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेट टिभीको साथ स्काइवर्थको को ३२ र ४० इन्च टिभि छुटमा पाउने छन्।कम्पनीको इन्टरनेट र टिभीका ग्राहक बन्ने सबैले ३२ र ४० इन्चको एलईडी टिभी सहुलियतमा घरमै पाउने छन्।
५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेटटिभीसँगै ३२ इन्च टिभिको मूल्य जम्मा २५ हजार ९९० पर्ने छ। त्यस्तै ४० इन्चको टिभी पनि पाउने छन्। ४० इन्चको टिभी लिंदा भने ३४ हजार ५४३ रुपैयाँ पर्ने छ।
सुबिसु
सुबिसुले एक महिनाका लागि ९९ रुपैयाँमा टिभी वा इन्टरनेट सेवा दिने अफर ल्याएको छ। यसमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा ९९ रुपैयाँमै पाइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै यही अफरमा ग्राहकले क्लियर टिभि प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमै पाउने छन्। यो टिभी प्याकेजमा ७५ भन्दा बढी एचडी च्यनलसहित २७५ डिजिटल च्यानल हुने छन्।
त्यस्तै कम्पनीले इन्टरनेट र टिभीको कम्बो प्याक पनि ल्याएको छ। यसमा १९८ रुपैयाँमा इन्टरनेट र क्लियर टिभि सेवा पाउने छन्।