यो सेवा प्रदान गर्न उसले आफ्ना इन्जिनियरहरूलाई वैदेशिक प्रशिक्षण प्रदान गराएर दक्ष जनशक्ति निर्माण गरेको प्राइम्याक्सले जनाएको छ। त्यस्तै सर्भिस सेन्टरमा आउने सबै क्यामरा तथा लेन्सहरू सफ्टवेयरद्वारा क्यानन जापानले निरीक्षण र नियमन गरी क्यानन जापानसरह नै सेवा सुविधा प्रदान गरिने पनि कम्पनीको भनाइ छ।
एसियाभरमै क्याननकै प्रत्यक्ष स्वमित्व नभए पनि FULL DSLR मर्मत गर्ने थोरै मात्र सर्भिस सेन्टरहरूमध्ये प्राइम्याक्स सर्भिस सेन्टर पनि पर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।