चिनियाँ टेलिकम्युनकेशन जायन्ट हुवावेले कुनै पिन अमेरिकी कम्पोनेन्ट बिना नै फाइभजी बेस स्टेशन बनाउने घोषणा गरेको छ। अमेरिकी सहयोग बिनै आगामी वर्ष यस्ता स्टेशन अहिलेको तुलनामा दोब्बर बनाउने कम्पनीले घोषणा गरेको छ।
हुवावेका प्रमुख कार्यकारी रेनझेङफेइले अमेरिकी कम्पोनेन्ट रहित मास प्रडक्सन शुरु गर्ने घोषणा गरेका हुन्।
हङकङमा आयोजित एक कार्यक्रममा उनले भने,'अहिले हामि परीक्षणको क्रममा छौ अक्टुबरदेखि अमेरिकी कम्पोनेन्ट रहित उत्पादन उत्पादन सुरु गर्छौ।
उनले यस्ता बेस स्टेशन महिनामा पाँचहजार बढी उत्पादन गर्ने उनको भनाइ छ।
अमेरिका र चीनबीचको ब्यापार युद्धको चपेटामा परेको हुवावेलाई अमेरिकी कम्पनीबाट सामान किन्न र बेच्न रोक लगाइएको छ। अमेरिकाले रोक लगाएपछि हुवावेको फाइभजी रेसमाथि धक्का लाग्ने अुनमान गरिएको थियो।
यद्यपी हुवावेले पछिल्लो समय फाइभजी सम्झौता गर्दै आएको छ।
हुवावेले दूरसञ्चार उपकरण निर्माण गरेपनि त्यसमा प्रयोग हुने केही मुख्य प्रविधि अमेरिकी कम्पनीबाट किन्दै आएको थियो। अमेरिकाले गएको मेदेखि रोक लगाएपछि उसले आफै उत्पादन गरी उपकरण बनाउने घोषणा गरेको हो।