नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ। नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले एकैपटक ५९ सहरमा फोरजी सेवा विस्तार गरेको हो।
यो सेवाको काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए भने सातै प्रदेशमा मुख्यमन्त्रीहरुले उद्घाटन गरेका थिए।
काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार प्रत्येक दिन एक पाइला अगाडि हिड्ने क्रममा आज फोरजी विस्तार गरिएको बताए। विकास र उत्पादनमा प्रविधिको प्रयोगका रुपमा फोरजी गेमचेन्जर हुने उनको भनाइ छ।
नेपाल टेलिकमको फोरजी सेवा पुगेका ठाउँमा थ्रीजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सक्छन्। तर यसका लागि सिम चेक गर्नुपर्छ। सिमले फोरजी सपोर्ट गर्ने नगर्ने थाहा पाउनका लागि *444# डायल गर्नुपर्छ।
टेलिकमले फोरजीको गति १३० एमबीपिएस हुने बताएको छ।
एड्भान्स्ड फोरजी/एलटिई भएकाले यसको गति फोरजी भन्दा बढी हुने कम्पनीको दाबी छ।
टेलिकमले फोरजी सेवा विस्तार गरेका सहरहरु यी हुन्
१ चन्द्रगढी २विर्तामोड ३ दमक ४ धरान ५ इटहरी ६ इनरुवा ७ विराटनगर ८ भारदह ९ धनकुटा १० जनकपुर ११ जलेश्वर १२ जलेश्वर १३ मलंगवा १४ गौर वीरगञ्ज १५ कलैया १६ सिमरा १७ बेसीशहर १८मन्थली १९ सिन्धुपाल्चोक २० चरीकोट २१ हेटौंडा २२ धुलिखेल २३ बनेपा २४ पनौती २५विदुर २६ धुन्चे २७ धादिङ २८ सौराहा २९ टाँडी ३० भरतपुर ३१ वर्दघाट ३२ परासी ३३ देवदह ३४ सुनवल ३५ मुर्गिया ३६ बुटवल ३७ भैरहवा ३८ लुम्बिनी ३९ तानसेन ४० मंगलापुर ४१ बागलुङ ४२ कुस्मा ४३ बेनी ४४ तुलसीपुर ४५ घोराही ४६ लमही ४७ कोहलपुर ४८ नेपालगञ्ज ४९ गुलरिया ५० सुर्खेत ५१ लम्की ५२ सुख्खड ५३ मसुरिया ५४ चौमाला ५५ टिकापुर ५६ धनगढी ५७ अत्तरिया ५८ झलारीपिप्लाडी ५९ भीमदत्तनगर