नेपाल टेलिकमले देशका ५९ सहरमा फोरजी सेवा सुरु गरेको छ। आउने फागुनसम्म देशभर सेवा विस्तार गर्ने योजना बनाएको टेलिकमले यो सेवा एड्भान्स्ड भएको बताएको छ।
टेलिकमो फोरजीमा के छ नयाँ सुविधा जुन यसअघि थिएन?
नेपाल टेलिकमले नेपालमै पहिलोपटक भ्वाइस ओभर एलिटिई सुविधा ल्याएको छ। विस्तारित फोरजीमा यो सुविधा पनि भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।
करिब २० अर्ब खर्चिएर विस्तार गर्न लागेको यो आयोजनाबाट नयाँ सेवा तथा सुविधा ग्राहकले प्रयोग गर्न पाउने अधिकारीले बताए।
उनका अनुसार टेलिकमले भ्वाइस ओभर एलटिई सुविधा पनि दिने छ। यो सुविधामा ग्राहकले फोन गर्दा डेटाबाटै जाने छ। जस्तो अहिले ग्राहकले थ्रीजी सीम चलाइरहेको भएपनि फोन गर्नेवित्तकै त्यो फोन २ जीमार्फत् जान्छ। अर्थात् यो रेडियो फ्रिक्वेन्सी भएर जान्छ।
भिओएलटिई सुविधा भएमा फोन गर्दा फोरजी नेटवर्कबाट जान्छ। जुन डेटामा आधारित हुन्छ। यो प्रविधिमा जस्तो बोलेको हो त्यस्तै सुनिन्छ। हाइ डेफिनेस कल भिनिने यसमा रेकर्ड गरेर पठाएजस्तो आवाज आदानप्रदान हुन्छ।
‘रेडियो फ्रिक्वेन्सीबाट जाँदा आवाज रोकिने, काटिने र ढिला कनेक्सन हुने हुन्छ तर यसमा कि जाँदैन गएपछि रेकर्ड गरेर पठाएको जस्तो आवाज जान्छ’ अधिकारीले भने।
ग्राहकले यो सुविधा प्रयोग गर्नका लागि दुईवटा शर्त पुरा गर्न पर्छ। एउटा मोबाइल सेट र अर्को फोन उठाउने मान्छेको पनि सोही नेटवर्क। यदि दुईमध्ये एउटालेमात्र दुवै शर्त पालना गरेको छ भने यस्तो सुविधा प्रयोग गर्न पाइन्नछ। यसमा भिओएलटीइ सपोर्ट गर्ने फोन र नेटवर्क दुवै हुनपर्छ।
कहाँ सुरु भयो टेलिकमको फोरजी सेवा?
१ चन्द्रगढी २विर्तामोड ३ दमक ४ धरान ५ इटहरी ६ इनरुवा ७ विराटनगर ८ भारदह ९ धनकुटा १० जनकपुर ११ जलेश्वर १२ जलेश्वर १३ मलंगवा १४ गौर वीरगञ्ज १५ कलैया १६ सिमरा १७ बेसीशहर १८मन्थली १९ सिन्धुपाल्चोक २० चरीकोट २१ हेटौंडा २२ धुलिखेल २३ बनेपा २४ पनौती २५विदुर २६ धुन्चे २७ धादिङ २८ सौराहा २९ टाँडी ३० भरतपुर ३१ वर्दघाट ३२ परासी ३३ देवदह ३४ सुनवल ३५ मुर्गिया ३६ बुटवल ३७ भैरहवा ३८ लुम्बिनी ३९ तानसेन ४० मंगलापुर ४१ बागलुङ ४२ कुस्मा ४३ बेनी ४४ तुलसीपुर ४५ घोराही ४६ लमही ४७ कोहलपुर ४८ नेपालगञ्ज ४९ गुलरिया ५० सुर्खेत ५१ लम्की ५२ सुख्खड ५३ मसुरिया ५४ चौमाला ५५ टिकापुर ५६ धनगढी ५७ अत्तरिया ५८ झलारीपिप्लाडी ५९ भीमदत्तनगर